आजको सुन–चाँदीको भाउ, तोलाको कति?

डिसी नेपाल
७ कार्तिक २०७६ ११:०३

काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहको छ। हिजो तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो।

आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *