एनसेलको तिहार अफर: चार गुणा बढि फोरजी डेटा बोनस

डिसी नेपाल
७ कार्तिक २०७६ १५:१६

काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ। यस अन्तर्गत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन्।

यो अफर बिहीबार (कार्तिक ८) बाट लागू भई १५ दिन सम्मका लागि संचालनमा रहने छ। यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन्।

कर बाहेक १५ रुपैयाँ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन्। यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन्। त्यसैगरी कर बाहेक ७५ रुपैयाँ (कर सहित रु ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन्। यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन्।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स१७१२३एष्ट्रिक्स४४ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन्। यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन्।

चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पर्‍याउने विश्वास एनसेलले लिएको छ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन्। यसको लागि १ रुपैयाँ शुल्क लाग्छ। यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन्।

यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन्। युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स३२४ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *