आज ह्वात्तै बढ्यो सुन, चाँदी पनि उच्च

डिसी नेपाल
८ कार्तिक २०७६ ११:२३

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ आज एकै दिन ६ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ।

बिहीबार छापावा सुन प्रतितोला ७० हजार ४ सय तेजावी सुन ७० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

बिहीबार चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *