ग्लोबल आईएमई र जनता बैंक मर्जर
काठमाडौं । ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका छन्। दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्विकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन्।
यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ। हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जर पछि ग्लोबल आईएमई बैंक सबै भन्दा ठुलो बैंक भएकाले निकट भविश्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए।
मर्जर पछिको बैंकको संञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ। मर्जर पछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढि र कुल लगानी २ खर्ब पुग्ने छ। त्यस्तै बैंकको शाखा सञ्जाल ३ सय भन्दा बढि र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment