आजको विनिमयदर, कुन देशको कति?

डिसी नेपाल
११ कार्तिक २०७६ ७:५३

काठमाडौं । आज (सोमबार) अमेरिकी डलरसहित केही देशको मुद्राको भाउ स्थिर रहेको छ भने केही देशको घटबढ भएको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *