बैतडीमा हुने उपनिर्वाचनका लागि काङ्ग्रेसले छान्यो उम्मेदवार
बैतडी। आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बुधबार बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।
दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए।
वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।
े
नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेको छ । काङ्ग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment