राज्यमन्त्री मण्डलद्वारा क्रिकेट क्बललाई खेल सामाग्री सहयाेग

डिसी नेपाल
१४ कार्तिक २०७६ ७:४५

काठमाडौं। प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दुई वटा क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरेका छन्। युवाहरुलाई खेलकुदले शारिरिक रुपले तंदुरुस्त तथा मानसिक रुपले स्वस्थ्य बनाउने उद्देश्यका साथ राज्यमन्त्री मण्डलले सिरहाको कल्याणपुर नगरपालिकामा रहेका माँ दुर्गा क्रिकेट क्लब कल्याणपुर र समाज कल्याण युथ क्रिकेट क्लब बेल्हालाई खेल सामग्री हस्तान्तरण गरेका छन्।

दुवै क्रिकेट क्लबलाई १२–१२ वटा युनिफर्म, २–२ वटा ब्याट, ६–६ वटा विकेट, १–१ दर्जन टेनिस बल, २–२ जोडा प्याड, २–२ वटा एडी र २–२ वटा ग्लब्स प्रदान गरेका हुन् । माँ दुर्गा क्रिकेट क्लबका अध्यक्ष धर्मेन्द्र साह र समाज कल्याण युथ क्रिकेट क्लबका अध्यक्ष मो.समीम अन्सारीलाई राजपाका युवा नेता धिरज मण्डल, श्रवण साह र बेचन मण्डलले ती खेल सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समजको निर्माण गर्न समेत मद्दत पुग्ने विश्वास राज्यमन्त्री मण्डलले लिएका छन् । उनले मादक पदार्थ सेवन, धुम्रपान, लागुऔषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने बताएका छन् ।

तसर्थ, एन्ड्रोइडमा रमाइरहेका युथ जेनेरेसनलाई प्ले ग्राउण्डमा क्रिकेटको बल्ला समाउन र मधेश तथा देशको लागि योगदान दिन आह्वान गरेका छन् । साथै, राज्यमन्त्री मण्डलले आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको कुरा मधेशवाणीलाई जानकारी दिएका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *