महरामाथिको थुनछेक बहस सुरु

डिसी नेपाल
१५ कार्तिक २०७६ १२:०२

काठमाडौं। बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो।

महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार (हिजो) बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ। थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *