राप्रपा सम्पर्क समाजमा बिन्दु पहाडी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ जिल्लामा सम्पर्क समिति बनाउने जिम्मेवारी सहायक महामन्त्री समेत रहेकी बिन्दु पहाडीलाइ दिएको छ। राप्रपा सम्पर्क समाज समन्वय समितिको प्रमुख चयन भएकी पहाडीले छिट्टै सबै जिल्लाहरुमा सम्पर्क समिति बनाउने बताइन।
समितिको सदस्य सचिवको जिम्मेवारी आनन्द रिसाल (नुवाकोर्ट) लाई दिइएको छ।यसैगरी सचिवमा सुनिता कुरूवाङ (काठमाडौं) लाई जिम्मेवारी तोकिएको छ भने सदस्य हरुमा मधु रिसाल (नुवाकोट), सिर्जना रानी बर्मा (काठमाडौं), युवराज घिमिरे (गुल्मि), वसन्त रिमाल (झापा), माया प्रसाई (धादिङ), नारायण प्रसाद (बाँके), मिना झा (सर्लाही) र तारा कृष्ण पाण्डे (बारा) चयन भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment