पराष्ट्रपति पुनद्वारा छठको शुभकामना

डिसी नेपाल
१६ कार्तिक २०७६ ६:१२

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी रहेको बताएका छन् ।

छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले हाम्रो विविधतायुक्त संस्कार, संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ् गर्दै आएको उल्लेख गरे।

उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारकै मौलिक पर्वको रुपमा छठलाई लिइने उनको भनाइ छ।

छठ पर्वको अवसरमा उपराष्ट्रपतिले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले नेपाल भरिपूर्ण राष्ट्र भएको उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन् “पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपसासना गरेर तराई मधेसमा मनाइने छठ पर्व आज अन्य क्षेत्रमा पनि विस्तार हुँदै आएको छ । छठले तराई–मधेसलाई पहाड हिमालसँग जोड्ने गरेर सुखद सन्देश दिंदै आएको छ।”

उपराष्ट्रपतिले यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणको महाअभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा दिनेनैछ भन्ने उनले कामना समेत गरेका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *