जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई मन्त्री अर्यालको निर्देशन
फाईल तस्बिर
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई कडा निर्देशन दिएकी छिन्। मन्त्री अर्यालले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न गुठी संस्थानलाई निर्देशन दिएकी हुन् ।
गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनताको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा रहेको जग्गाको रेकर्ड समेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको चर्को आलोचना पनि गरिन्।
उनले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराए । ‘जग्गाको हिसावले नेपालको सबैभन्दा धनी संस्थानको रुपमा रहेको गुठी संस्थानले आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउन पर्छ,’ मन्त्री अर्यालको गुठी संस्थानलाई प्रश्न थियो, ‘गुठीका जग्गा कति अतिक्रमित भयो, त्यसको रेकर्ड खैं ?’
मन्त्री अर्यालले ५५ वर्ष पूरा हुँदा पनि गुठी संस्थानले मातहतको जग्गा अतिक्रमित हुँदा पनि वास्ता नगरेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।गुठी संस्थानसँग अतिक्रमित जग्गाको समेत एकीन रेकर्ड नभएकोमा मन्त्री अर्यालको आपत्ति छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment