पूर्वसभामुख महरा पुर्पक्षका लागि कारागार चलान

डिसी नेपाल
१८ कार्तिक २०७६ १७:१८

काठमाडौं। जबरजस्ती करणी प्रयास अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई आज पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी प्रयास अभियोगमा मुद्दा दायर गरेको थियो । मुद्दामा महराले शुक्रबार बयान दिएपछि आइतबार र सोमबार थुनछेकको बहस भएको थियो । थुनछेकको बहसपछि सोमबार अदालतले महरालाई पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार लगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *