असिनापानीले अन्नबाली नष्ट

डिसी नेपाल
१९ कार्तिक २०७६ ९:१८

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ ।

स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः०० बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पुर्याएको छ ।

उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताए ।

नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताए ।

नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *