बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०७६ १२:१२

ओखलढुङ्गा । मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर एक जनाको ज्यान गएको छ।

बन्दुक पड्किँदा गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो । उनलाई उपचारार्थ काठमाडौं लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा मोलुङ गाउँपालिका ३ बस्ने २१ वर्षीय चित्र बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *