एमसीसीले पुरा गर्‍यो २५० रन

डिसी नेपाल
२० कार्तिक २०७६ १५:११

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्ध तीन दिवसीय (फर्ष्ट क्लास) क्रिकेटमा २५० रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६८ ओभरमा ५ विकेट गुमाएर २५० रन बनाएको हो। एमसीसीका लागि विल रोडसले ७३, माइल्स हाम्मोन्डले ५२, टोम वेष्टलीले ३९ र विली गोडलम्यानले १० रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले र शरद भेषवाकरले समान २–२ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *