एमसीसीको ३०० रन पुरा
काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्ध तीन दिवसीय (फर्ष्ट क्लास) क्रिकेटमा ३०० रन पूरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८३.५ ओभरमा ६ विकेट गुमाएर ३०० रन बनाएको हो। एमसीसीका लागि विल रोडसले ७३, माइल्स हाम्मोन्डले ५२, टोम वेष्टलीले ३९, विली गोडलम्यानले १०, एड योङ १८ तथा विल भान्डेर्सपर ५३ रन बनाएर आउट भए ।
नेपालका लागि सोमपाल कामीले, शरद भेषवाकर र सन्दिपले समान २–२ विकेट लिएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment