आर्सनलको बराबरी

डिसी नेपाल
२१ कार्तिक २०७६ ६:११

एजेन्सी । युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

भिक्टोरियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि अन्तिम केहि मिनेट सम्हालिन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा ब्रुनो दुआर्टेले गोल गर्दै भिक्टोरियालाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह एफ को आर्सनलले ४ खेलमा १० अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।

भिक्टोरिया १ अंक जोडेर पुछारमा रहेको छ । भिक्टोरियाको यो पहिलो अंक समेत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *