म्यानमारसँग भिड्दै नेपाल

डिसी नेपाल
२१ कार्तिक २०७६ ८:०१

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेल समेत हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ ।

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४: १५ बजे सुरु हुनेछ ।

नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यस अघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *