पीएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

डिसी नेपाल
२१ कार्तिक २०७६ ८:२१

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा क्लब ब्रुगिसलाई १-० ले हराउँदै पीएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।

मौरो ईकार्डीको एक मात्र गोल पीएसजीलाई च्याम्पियन्स लिगको अघिल्लो चरण पुर्याउन पर्याप्त रह्यो । पीएसजी च्याम्पियन्स लिगमा सतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल रहेको छ ।

अबको खेलमा रियल मड्रिडसंग पराजित नभएमा पीएसजी समूह विजेता बन्नेछ । पीएसजी स्टार फरवार्ड नेयमार बिना मैदान उत्रिएको थियो । उनी चोटका कारण केहीसमय मैदान बाहिर छन् ।

मुख्य प्रशिक्षक थोमस टुचेलले टिममा केही परिवर्तन गरेका थिए । उनले थिएगो सिल्भा र मौरो भेराट्टीलाई टिममा ल्याएका थिए । पीएसजीले समुह एमा ४ खेलबाट १२ अंक बटुल्यो । क्लब ब्रुगिस २ अंक सहित तालिकाको तेस्रो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *