नारायणी नदीमा हामफालेर एकजनाको मृत्यु

डिसी नेपाल
२१ कार्तिक २०७६ १०:०९

काठमाडौँ । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए।

तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए।

यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन्।

त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *