नेपालको इनिङ सुरुमै खतरामा, ज्ञानेन्द्र शून्यमा र शरद ४ रनमै आउट

डिसी नेपाल
२१ कार्तिक २०७६ ११:२२

काठमाडौं। मेरिलेबोन क्रिकेट क्लव र नेपालबीच किर्तिपुरमा जारी प्रथम श्रेणी क्रिकेटमा नेपालको इनिङ सुरुमै खतरामा परेको छ । पहिलो इनिङमा एमसीसीले बनाएको ३६४ रनको अग्रता पच्छ्याइरहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भए भने शरद भेषावकर ४ रनमै आउट भए ।

पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । ३ दिनसम्म चल्ने यो खेलको दोस्रो दिन एमसीसी अलआउट भएको हो । पहिलो इनिङमा एमसीसीमा लागि विल रोड्सले ७३, विलि गोडलेम्यानले १०, टम वेस्टलेले ३९, मिल्स हामोन्डले ५२, विलियम वान्डर्सपरले ५३, एड योङले १७, एलेक्स थम्पसनले ३०, यासिर अराफातले ६५, क्रिस राइटले ४ र ओलिभर हाननले १० रन बनाए । नेपालका लागि करण केसी र सन्दिप लामिछानेले ३–३ तथा सोमपाल कामी र शरद भेषावकरले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *