फर्स्ट क्लासमा कप्तान ज्ञानेन्द्रको बिर्सनलायक डेब्यू

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:३४

काठमाडौं । एमसीसी बिरुद्धको ५० ओभरको खेलमा जीत निकाल्दै राष्ट्रिय टिमको फुलटाइम कप्तानी सुरु गरेका ज्ञानेन्द्र मल्लको लागि फर्स्ट क्लास क्रिकेटमा डेब्यू भने सुखद रहेन । डेब्यू फर्स्ट क्लास खेलमै खप्तानी गरेका ज्ञानेन्द्रको लागि यो डेब्यू बिर्सनलायक बन्यो ।

दोस्रो दिन एमसीसीलाई अलआउट गरेपछि ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि १८ रन जोड्दा महत्त्वपूर्ण ३ विकेट गुमाएको छ । यी तीन विकेटमध्ये एक स्वयं कप्तान ज्ञानेन्द्र हुन् भने अन्य २ ब्याट्सम्यान शरद भेषावकर र राजु रिजाल हुन् । कप्तानको लागि डेब्यू थप दुःखद यसकारण रह्यो कि उनी शून्यमै ‘डकआउट’ हुन पुगे ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएसँगै धरायसी बनेको नेपाली ब्याटिङ सम्हाल्न आएका अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर पनि ४ रनमा पेभेलियन फर्किए । यस्तै लन्च ब्रेक अघि राजु रिजालको रुपमा नेपालले तेस्रो विकेट पनि गुमायो । नेपाल बिरुद्ध कसिलो बलिङ गरेका यासिर अराफातले २ महत्त्वपूर्ण विकेट हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *