किर्तिपुरमा सन्दिपले ब्याक टु ब्याक छक्का बर्साएपछि…

डिसी नेपाल
२१ कार्तिक २०७६ १५:२४

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लवविरुद्ध फर्स्ट क्लास क्रिकेट खेलमा नेपालको धराशायी हुन लागेको इनिङ सम्हाल्न उल्लेख्य योगदान गरे पनि सन्दिप लामिछानेले नेपालको स्कोर धेरै माथि लैजान भने सकेनन् । यसअघि ३४ रनको स्कोरमै ५ विकेट गुमाइसकेको नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले सम्हाल्दै स्कोर १०५ रन बनाएका थिए । १०५ रन स्कोर हुँदासम्म ५ विकेट मात्र गुमाएको नेपालले त्यसपछि भने लगातार विकेट गुमाएको थियो ।

३६ रनमा विनोद भण्डारी, पवन सर्राफ २ रनमा, करण केसी शुन्य रनमा र सोमपाल कामी २६ रनमा आउट भएपछि नेपालले १११ रनको स्कोरमा ९ विकेट गुमाइसकेको थियो । त्यसपछि आएका सन्दिप लामिछानेले नेपालको लागि सबैभन्दा धेरै रन बनाएका छन् । उनी ३९ रनमा नटआउट रहे । उनले एक ओभरमा लगातार तीन बलमा लगातार तीन छक्का समेत हाने । तर, अर्को इण्डबाट खेलिरहेका ललित राजवंशी आउट भएपछि नेपाल १५३ रनमा अलआउट भयो । नेपाल अलआउट भए पनि एमसीसीले नेपाललाई फलो अनमा भने नपठाउने निर्णय गरेको छ । अब एमसीसीले ब्याटिङ थाल्नेछ ।

दोस्रो दिन एमसीसीलाई अलआउट गरेपछि ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएसँगै धरायसी बनेको नेपाली ब्याटिङ सम्हाल्न आएका अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर पनि ४ रनमा पेभेलियन फर्किए । यस्तै लन्च ब्रेक अघि ८ रन बनाएका राजु रिजालको रुपमा नेपालले तेस्रो विकेट पनि गुमायो । लञ्चपछि दिपेन्द्र सिंह ऐरी १ रनमा र आरिफ शेख १० रनमा आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *