तरुण दलको दौड प्रतियोगितामा नरजङ्ग मल्ल प्रथम

डिसी नेपाल
२१ कार्तिक २०७६ १९:३३

मुगु । छायाँनाथरारा नगरपालिका वडा नं १ का नरजङ्ग मल्लले ६ किलोमिटरको दुरी १८ मिनेट २० सकेण्डमा पार गदै प्रथम भएका छन् ।

नेपाल तरुणदल मुगुले तरुण दलको ६६ औं स्थापना दिवसको पुर्व सन्ध्यामा शनिवार बिहान आयोजित दौड प्रतियोगितामा मल्ल प्रथम भएका हुन् ।

यसैगरि सोही दौड प्रतियोगितामा छायाँनाथरारा नगरपालिका बडा नं १ कै बिजय हितानले २० मिनेट २५ सेकेण्ड र रामकुमार मल्लले २२ मिनेट ३० सकेण्डमा क्रमस द्घितिय र तृतिय स्थान हात पारेको नेपााल तरुणदल मुगुका अध्यक्ष रमेश कुमार मल्लले जानकारी दिए ।

जम्मा १२ जना खेलाडीहरु उक्त दौड प्रतियोगितामा सहभागी भएका थिए । नेपाल तरुणदल मुगुले आफ्नो स्थापना दिवसकै अवसरमा आजै पुरुस सटफुट, र चियापानको आयोजना समेत गरेको बताईएको छ ।

दौड प्रतियोगितमा प्रथम, द्घितिय र तृतिय स्थान प्राप्त गर्ने खेलाडीहरुलाई क्रमस ५हजार ३ हजार र २ हजारनगद पुरस्कारको ब्यबस्था गरिएको एथलेलेष्टिक खेल सञ्चालक पद्य्मराज मल्लले बताए ।

नेपाल तरुणदल केन्द्रीय कार्यालयले यही कार्तिक १० गते पर्न गएको आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा देशैभर रहेका आफ्ना जिल्ला कार्यसमितिहरुलाई बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन भए बमोजिम् तरुणदल मुगुले यी कार्यक्रम आयोजना गरेको अध्यक्ष मल्लले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *