रोहितले विस्फोटक ब्याटिंग गरेपछि भारत विजयी

डिसी नेपाल
२१ कार्तिक २०७६ २३:००

नयाँ दिल्ली (एजेन्सी)। घरेलु टोली भारतले बंगलादेशविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित हात पारेको छ।

भारतको राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै ३ खेलको सिरिजथ भारतले एक एकको बराबरी गरेको छ। दिल्लीमा भएको पहिलो खेल बंगलादेशले जितेको थियो।

पहिला ब्याटिंग गर्दै बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले १५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

भारतको जितमा कप्तान रोहित शर्माले ८५ रनको अर्धशतकीय इनिङ्स खेले। ४३ बलमा उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै शिखर धवनले ३१ रन बनाए।

यस्तै श्रेयस आयर २४ रनमा अविजित रहँदा लोकेश राहुल ८ रनमा अविजित रहे।

बंगलादेशका इमुनुल इस्लामले २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

बंगलादेशको लागि मोहमद नाइमले ३६ रन बनाए। यस्तै कप्तान महमदउल्लाह र सौम्य सरकारले समान ३०–३० रन जोडे । लिट्टेन दास २९ रनमा आउट भए।

भारतका युजवेन्द्र चाहलले २ विकेट लिए।

अब अन्तिम तथा निर्णायक टी–ट्वान्टी आइतबार नागपुरमा हुनेछ। टी–ट्वान्टी सिरिजपछि भारत र बंगलादेशबीच दुई खेलको टेष्ट सिरिज हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *