सहज जितसहित युनाईटेड युरोपा लिगको नकआउटमा

डिसी नेपाल
२२ कार्तिक २०७६ ६:२३

काठमाडौं । म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहिबार समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड नकआउट प्रवेशको टुङ्गो लागेको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । खेलमा अग्रता युनाईटेडले ग्रिनउडको गोलबाट २१ औ मिनेटमा लिएको थियो । मार्टियलले ३३ औ मिनेटमा युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।

मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए । समूह एलमा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *