युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा

डिसी नेपाल
२२ कार्तिक २०७६ ६:४४

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत मोन्टेनेग्रो र कोसोभोविरुद्धको खेलका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । इंग्ल्याण्डले बिहिबार मोन्टेनेग्रो र कोसोभोसँगको खेलका लागि २७ सदस्सीय टिमको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टोलीमा लेष्टर सिटीका मिडफिल्डर जेम्स म्याडीसनले टिममा स्थान बनाएका छन् । यस्तै डिफेन्डर जोन्स स्टोन्स,मिडफिल्डर एलेक्स चेम्बरलिन र विंगर कलुम हुड्सनले टिममा पुनरागमन गरेका छन् ।

इंग्ल्याण्डले नोभेम्बर १४ मा मोन्टेनेग्रो र १७ मा कोसोभोसँग खेल्नेछ । समूह ए मा रहेको इंग्ल्याण्डलाई युरो कपमा छनोट हुन मात्र १ अंकको कामी रहेको छ ।

इन्ग्लिश टिमः

गोलकिपरः टोम हिटन, जोर्डन पिक्फोर्ड, निक पोप

डिफेन्डरः ट्रेण्ड आर्नोल्ड, बेन चिल्वेल, जोय गोमेज, जोन स्टोन्स, ह्यारी मागुएरे, ट्यरोने मिन्ग्स, ट्य्रोने मिन्ग्स, ड्यानी रोस, केइरन ट्रीपिअर, फिकायो टोमोरी

मिडफिल्डरः रोस बार्क्ली, फाबियण डेल्फ, जोर्डन हेण्डरसन, जेम्स म्याडिसन, मासोन माउण्ट, एलेक्स चाम्बरलिन, डिक्लन राइस, ह्यारी विंक्स

फरवार्डः टामी अब्राहम, ह्यारी केन, मार्कोस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, कलुम विल्सन, कलुम हुड्सन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *