एएफसी यू–१९ छनोटमा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दै

डिसी नेपाल
२२ कार्तिक २०७६ ७:१७

काठमाडौं । एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दैछ । इरानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो ।

तेहरानमा हुने खेल नेपाली समय अनुसार साँझ आठ बजे हुनेछ । पहिलो खेलमा युएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ ।

इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो । छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *