आज स्वाट्टै घट्यो सुनको भाउ, चाँदीको पनि खस्कियो

डिसी नेपाल
२२ कार्तिक २०७६ १०:५३

काठमाडौं । साताको छैटौँ दिन शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ स्वाटै घटेको छ । बिहीबार प्रतितोला ४ सय रुपैयाँ बढेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन ७ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय, सोमबार ७१ हजार, मंगलबार ७० हजार ८ सय तथा बुधबार र बिहीबार ७० हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *