नेपालको इनिङ धराशायी, सय रन नपुग्दै ७ खेलाडी आउट

डिसी नेपाल
२२ कार्तिक २०७६ १३:०४

काठमाडौं। नेपाल र मेरिलेबोन क्रिकेट क्लवबीचको तीन दिवसीय खेलको तेस्रो दिन एमसीसीले दिएको ३९३ रनको लक्ष्य पच्छ्याएको नेपालको इनिङ धराशायी भएको छ । टिमको स्कोर सय रन नपुग्दै नेपालले ७ विकेट गुमाइसकेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । त्यसपछि राजु रिजाल ३१, शरद भेषावकर १५, आरिफ शेख १९ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफ भने खाता नै नखोली शून्यमै आउट भए । एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले पहिलो इनिङमा १५३ रन मात्र बनाउन सकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *