डेभिड मलानको शतक, इङ्ल्याण्ड ७६ रनले विजयी

डिसी नेपाल
२२ कार्तिक २०७६ १४:४२

काठमाडौं । डेभिड मलान र कप्तान इयान मोर्गनको उत्कृष्ट प्रदर्शनमा प्रेरित इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको चौथो टी-ट्वान्टी क्रिकेटमा ७६ रनले विजयी भएको छ । शुक्रबार भएको खेलमा डेबिड र मोर्गनको उत्कृष्ट प्रदर्शनसँगै इङल्यान्ड ७६ रनले विजय भएको हो । जितसँगै इङल्यान्डले पाँच टी-ट्वान्टी सिरिज २-२ को बराबरी पारेको छ ।

म्याक्लीन पार्कमा २ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ दशमलव ५ ओभरमा १ सय ६५ रनमा अलआउट भएपछि इङल्यान्ड विजय भएको हो । न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले सर्वाधिक ३९ रन बनाए । कोलिन मुन्रोले ३० तथा मार्टिन गुप्टील २७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । न्युजिल्यान्डका खेलाडीलाई सस्तैमा समेट्न इङल्यान्डका म्याट पार्किसनले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको इङल्यान्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । इङल्यान्डका लागि डेविड मलनले शतक बनाएका थिए । ५१ बल खेलेका उनले ९ चौका र ६ छक्काको मदतमा १ सय ३ रन बनाए । कप्तान इयोन मोर्गजले ९१ रनको योगदान दिएका थिए । ४१ बल खेलेका उनले ७ चौका ७ छक्का प्रहार गरेका थिए । पाँचौ तथा अन्तिम टि–ट्वान्टी खेल आइतबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *