एमसीसीसँग नेपाल २०८ रनले पराजित

डिसी नेपाल
२२ कार्तिक २०७६ १४:५९

काठमाडौं। नेपाल र मेरिलेबोन क्रिकेट क्लवबीचको तीन दिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको छ । खेलको अन्तिम दिन आज एमसीसीले दिएको ३९३ रनको लक्ष्य पच्छ्याएको नेपाल ४० ओभरमा १८४ रनमा अलआउट भएपछि खेल एमसीसीले जितेको हो ।

दोस्रो इनिङमा नेपालका सोमपाल कामीले अर्धशतक बनाए । उनले ५१ रनको इनिङ खेले । सन्दिप लामिछानेले २५ रन बनाए भने करण केसीले १८ रन बनाए । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । त्यसपछि राजु रिजाल ३१, शरद भेषावकर १५, आरिफ शेख १९ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफ भने खाता नै नखोली शून्यमै आउट भए ।

एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले पहिलो इनिङमा १५३ रन मात्र बनाउन सकेको थियो । त्यसपछि आफ्नो दोसस्रो इनिङ ब्याटिङ थालेको एमसीसीले १८१ रन बनाएपछि इनिङ डिक्लेयर गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *