फिलिप ह्युजको ज्यान लिने बल फाल्ने बलरको ५ वर्षपछि राष्ट्रिय टिममा कमब्याक

डिसी नेपाल
२२ कार्तिक २०७६ १५:४८

काठमाडौं। अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको ज्यानै जाने बल फाल्ने बलरले ५ वर्षपछि राष्ट्रिय टिममा स्थान बनाएका छन् । २०१६ मा घरेलु क्रिकेटमा खेल्ने क्रममा अस्ट्रेलियाका बलर सीन एबोटको बलले लागेर फिलिप ह्युजको ज्यान गएको थियो । त्यसपछि मानसिक रुपमा विक्षिप्त बनेका एबोटले लामो समयको काउन्लििङपनि राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

एबोटले आज पाकिस्तानविरुद्धको टि–२० मा खेलिरहेका छन् । सन् २०१४ को अक्टोबर ५ मा दुबइमा भएको पाकिस्तानविरुद्धको टि–२० मा राष्ट्रिय टिममा डेब्यू गरेका एबोटले एक महिना मात्र राष्ट्रिय टिममा खेल्न पाए । त्यस अवधिमा उनले ३ टि–२० अन्तर्राष्ट्रिय र १ एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेले । २०१४ कै नोभेम्बर ९ मा दक्षिण अफ्रिकाविरुद्ध टि–२० खेलेपछि राष्ट्रिय टिममा नपरेका उनी आज मात्र टिममा परेका हुन् ।

यसबीचमा एबोट राष्ट्रिय टिममा फर्किने सम्भावना थियो । तर, २०१६ मा भएको त्यो दुर्घटनामा साथी खेलाडीको ज्यान गएपछि उनी मानसिक रुपमा निकै कमजोर भए । उनी राष्ट्रय टिममा फर्कन सकेनन् । ५ वर्षपछि आज राष्ट्रिय टिमबाट खेलेका एबोटले ४ ओभरमा मात्रै १४ रन दिएर २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *