आलमको थुनछेक बहस शुक्रबार पनि सकिएन

डिसी नेपाल
२२ कार्तिक २०७६ १६:२०

रौतहट। हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताव आलमको मुद्धामा शुक्रबार पनि थुनछेक बहस भएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नौजना कानुन व्यवसायीले बहस गरेका छन्। पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन्।

यस्तै वादीको तर्फ बाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन्।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन्।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन्।

रौतहटको यमुनामाई गाउँपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

सर्लाहीस्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया–२ का ४२ वर्षीय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भएको उजुरी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *