पाकिस्तानविरुद्ध अष्ट्रेलियालाई टी-ट्वान्टी सिरिज

डिसी नेपाल
२२ कार्तिक २०७६ २३:१५

क्यानबेरा (एजेन्सी)। पाकिस्तानविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ।

पर्थमा शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा १० विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २–० ले आफ्नो बनाएको हो। पाकिस्तानले दिएको १ सय ७ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ११ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो।

अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै डेभिड वार्नरले अविजित ४८ रन बनाए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।

उसका इफ्तिकार अहमदले ४५ रन बनाए। यस्तै इमाम उल हकले १४ रन जोडे। अष्ट्रेलियाका केन रिचार्ड्सनले ३ विकेट लिए। यस्तै मिचेल स्टार्क र सिन अब्बोटले २–२ विकेट लिए।

यसअघि पहिलो खेल वर्षका कारण नतिजा विहिन सकिएको थियो। दोस्रो खेलमा भने अष्ट्रेलियाले ७ विकेटको जित निकालेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *