आज एमसीसीसँग टी–२० खेल्दै नेपाल, युवा खेलाडीलाई मौका दिइने
काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले आज नेपालविरुद्व टी–ट्वान्टी क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि सुरु हुनेछ । एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्व पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।
पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९ टिम पराजित भएको थियो । तर सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।नेपालविरुद्वको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठुलो अन्तरको जित आत्मसाथ गरेको थियो ।
लिगेसी टूर अन्तर्गत काठमाडौंमा हुने अन्तिम खेलमा एमसीसीले नेपाल मिक्स यू–१९ टिमसंग टी–२० क्रिकेट खेल्न लागेको हो । आज हुने टी–२० क्रिकेटमा युवा खेलाडीलाई मौका दिने राष्ट्रिय टिमका कोच उमेश पटवालले बताए। उनका अनुसार आजको टी–२० टिमको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्। आजको खेलमा सिनियर टोलीका अधिकांश खेलाडी मैदानमा देखिने छैनन्।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसिय र प्रथम श्रेणीमा मौका नपाएका खेलाडीलाई मौका दिने बताएका छन् । त्यसैले आज ज्ञानेन्द्र सहित, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवकर लगायतका खेलाडी नखेल्ने सम्भावना रहेको छ। आजको खेलमा रोहितसँगै अमित श्रष्ठ, सन्दीप जोरा, अभिनास बोहोरा, कमलसिंह ऐरी, नन्दन यादव,कुशल भुर्तेल, सुसन भारी र राशिद खान लगातका खेलाडी खेल्ने छन् ।
आजको खेलपछि एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण ११ र मुख्यमन्त्री ११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment