क्रिष्टललाई पाखा लगाउँदै चेल्सी दोस्रो स्थानमा

डिसी नेपाल
२३ कार्तिक २०७६ २१:५०

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम र क्रिस्टियन पुलिसिचले समान १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले दुई गोल गरेको थियो ।

५२ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए।

जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले १२ खेलबाट २६ अंक जोडेको छ । पराजित क्रिष्टल १२ खेलमा १५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *