मेस्सीको ह्याट्रिक

डिसी नेपाल
२४ कार्तिक २०७६ ६:२४

एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा सहज जित निकाल्दै बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो । मेस्सीले एक पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

२३ औ मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई अघि बढाएका थिए । पाहुना टोली सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए ।

पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए । सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *