ईकार्डीको गोलमा पीएसजी विजयी

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:४५

एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा सफलता हासिल गरेको छ । शनिबार राति बराबरीतर्फ उन्मुख खेलमा ईकार्डीले गोल गरेपछि पीएसजीले ब्रेस्टलाई २–१ गोल अन्तरले हराएको छ ।

एन्जल डी मारियाले ३९ औ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ग्रान्डसिरले ७२ औ मिनेटमा ब्रेस्टका लागि बराबरी गोल फर्काएका थिए । ८५ औ मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई जित दिलाउन सफल रहे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनी पाँचौ मिनेटमा गोल गर्न सफल रहेका थिए ।

अर्जेन्टिनी स्टार पछिल्ला १० खेलमा ९ गोल गर्न सफल रहेका छन् । उनी लोनमा ईन्टर मिलानबाट यसै सिजन पीएसजी आएका हुन् । पीएसजीले गत सप्ताहमा डीजोनसंग हार ब्यहोरेको थियो ।

ईकार्डीको गोलसंगै पीएसजी जितको यात्रामा फर्किएको छ । साविक विजेता पीएसजीले १३ खेलमा १० जित निकाल्न सफल भएको छ । उसले दोस्रो स्थानको एन्गर्ससंग ९ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३० अंक छ । ब्रेस्ट १७ अंक सहित तालिकाको दशौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *