आर्सनललाई हराउँदै लेष्टर दोस्रो स्थानमा

डिसी नेपाल
२४ कार्तिक २०७६ ९:०७

एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले आर्सनललाई हराएको छ । शनिबार राति घरेलु मैदानमा लेस्टरले आर्सनललाई २–० ले हराएको हो ।

उसको जितमा जेमी भार्डी र मेडिसनले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । ६८ औ मिनेटमा भार्डीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चालू सिजनमा भार्डीको यो ११ औ गोल हो ।

७५ औ मिनेटमा गेम्स मेडिसनले लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए । जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थान उक्लिएको छ । उसले १२ खेलबाट २६ अंक जोडेको छ ।

शीर्ष स्थानको लिभरपुल भन्दा लेस्टर ५ अंकले पछाडी छ । आर्सनल १७ अंक सहित छैटौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *