न्यूजिल्याण्डको विस्फोटक ब्याटिङ, इंग्ल्याण्डलाई विशाल लक्ष्य

डिसी नेपाल
२४ कार्तिक २०७६ ९:४८

काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाचौँ तथा अन्तिम टी–२० खेलमा न्यूजिल्याण्डले विस्फोटक ब्याटिङ गरेको छ। ओपनर मार्टिन गप्टिल र कोलिन मनरोको शानदार ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई १४७ रनको लक्ष्य दिएको छ।

वर्षाले अवरोध गरेर ११ ओभरमा झारिएको खेलमा घरेलु टोली न्यूजिल्याण्डले ५ विकेट गुमाएर १४६ रन बनायो। न्यूजिल्याण्डका लागि गप्टिलले विश्फोटक ब्याटिङ गर्दै १९बलमा अर्धसतक प्रहार गरे। यस्तै अर्का ओपनर कोलिन मनरोले पनि २१ बलमा ४६ रन बनाएर आउट भए। यस्तै टिम सेफर्टले १६ बलमा ३९ रन बनाए।

पाँच खेलको सिरिजमा दुवै टिमले २–२ खेल जितेका छन्। आज भएको खेलमा सिरिज विजेताको टुङ्गो लाग्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *