एएफसी यू–१९ छनोटः अन्तिम खेलमा पहिलो जितको खोजिमा नेपाल

डिसी नेपाल
२४ कार्तिक २०७६ १०:०८

काठमाडौं । इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो । तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ । समूह डी मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।

किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४–० गोलको हार व्यहोरेको थियो । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *