एभीसी सेन्ट्रल जोन भलिबलमा आज नेपालले आफगानिस्तानसँग खेल्दै

डिसी नेपाल
२४ कार्तिक २०७६ १०:२९

काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्समा आज नेपालले अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ ।

बंगलादेशमा शुरु प्रतियोगिताको शनिबार उदघाटन गरिएको हो । पहिलो दिन घरेलु टोली बंगलादेश र माल्दिभ्सले विजयी शुरुवात गरेका छन् ।

बंगलादेशले अफगानिस्तानलाई सहजै पराजित गर्दा माल्दिभ्सले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

नेपालले २ वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै छ । सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तान भिड्दै छन् ।

नेपाली टिममा अहिले धेरै परिवर्तन पनि आएको छ । आधा नयाँ र आधा पुराना खेलाडीको समिश्रण रहेको छ । नेपाली टिम पहिलो पटक अरुणा शाहीको कप्तानीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । पूर्व कप्तान र उपकप्तानलाई नै बाहिर राखेर राष्ट्रिय टिम घोषणा गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *