रोहित शर्मा विशाल रेकर्डको नजिक, आजको खेलमा इतिहास बनाउन सक्छन्

डिसी नेपाल
२४ कार्तिक २०७६ १०:४२

काठमाडौं। बंगलादेश र भारतबीच आज नागपुरमा हुने तेस्रो र निर्णायक टि–२० मा भारतीय टिमका कप्तान रोहित शर्मा विश्व क्रिकेटमा एउटा ठूलो रेकर्ड बनाउन सक्छन् । यो कोसेढुंगा अहिलेसम्म विश्व क्रिकेटका २ जना ब्याट्सम्यानले मात्र पार गर्न सकेका छन् । आज यो कोसेढुंगा पार गर्न सकेमा रोहित यो इतिहास बनाउने विश्वका तेस्रो र भारतका एकमात्र ब्याट्सम्यान बन्नेछन् ।

रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० छक्का पूरा गर्न केवल २ छक्काको दूरीमा छन् । यदि आज २ छक्का हान्न सकेमा रोहित ४०० छक्का पूरा गर्ने विश्वको तेस्रो र भारतको पहिलो ब्याट्सम्यान बन्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० छक्काको कोसेढुंगा अहिलेसम्म वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल र पाकिस्तानका पूर्वकप्तान शाहिद आफ्रिदीले मात्र पार गर्न सकेका छन् ।

क्रिस गेलले क्रिकेटका तीन फरम्याट टेस्ट, एकदिवसीय र टि–२० मा गरी कूल ५३४ छक्का प्रहार गरेका छन् । गेलले यो संख्या अझै बढाउन सक्छन् किनकि उनले अझैसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छैनन् । आफ्रिदीले तीनवटै फरम्याटमा गरी कूल ४७६ छक्का हानेका छन् । आफ्रिदीले भने सन्यास लिइसकेकोले यो संख्या बढ्ने छैन । अहिलेसम्म रोहितले एकदिवसीयमा २३२, टेस्टमा ५१ र टि–२० अन्तर्राष्ट्रियमा ११५ छक्का हानेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *