इन्टर शीर्ष स्थानमा

डिसी नेपाल
२४ कार्तिक २०७६ १२:०७

एजेन्सी । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भेरोनालाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो । खेलको १९ औं मिनेटमा भालेरियो भेर्रेले पेनाल्टीमा गोल गर्दै भेरोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । खेलको ६५ औं मिनेटमा माटीस भेसिनोले गोल गर्दै इन्टरलाई खेलमा फर्काए । त्यसपछि खेलको ८३ औं मिनेटमा निकोलो बारेल्लाले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।

जितसँगै १२ खेलबाट इन्टरले ३१ अंक जोड्यो । शीर्ष स्थानमा उक्लिएको इन्टरले युभेन्ट्सलाई २ अंकले पछि पार्यो । पराजित भेरोना १५ अनक जोडेर नवौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *