मानसिक रोगको सिकार बन्दै अष्ट्रेलियन खेलाडी, म्याक्सवेलपछि अर्का खेलाडीले पनि लिए क्रिकेटबाट बिदा

डिसी नेपाल
२४ कार्तिक २०७६ १२:५३

एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन मेक्सवेल पछि अर्का एक खेलाडीले मानसिक रोगका कारण क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् । अष्ट्रेलियाका ब्याट्सम्यान निक मेडिसनले मानसिक स्वास्थ्यमा समस्या आएका कारण पाकिस्तानबिरुद्धको टेस्ट खेल्नबाट अस्विकार गरिदिएका छन् ।

शुक्रबार मेडिसनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारि दिँदै पाकिस्तान बिरुद्धको खेल नखेल्ने बताएका थिए । मेडिसनले २०१६ मा अष्ट्रेलियाका लागि ३ टेस्ट खेल खेलिसकेका छन् । सोहि समयमा पनि निकको मानसिक स्वास्थ्यमा समस्या देखिएको थियो र यहि कारणले गर्दा टिमले उनको नाम फिर्ता लिएको थियो ।

निकले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन पछि २०१६ मा अष्ट्रेलियाका लागि टेस्ट डेब्यु गरेका थिए । उनले ३ टेस्ट खेल खेलेका छन् र त्यस समय पनि उनको मानसिक स्वास्थ्यमा पुःन समस्या देखिएको थियो ।

२०१७ मा उनले यहि कारणले ब्रेक लिएका थिए तर पछि फेरी २०१८ मा उनी टिममा फर्किएका थिए । राम्रो प्रदर्शनका कारण उनले अष्ट्रेलियाको ए टिममा स्थान पाएका थिए ।अष्ट्रेलियाका प्रशिक्षक ग्रिम हिकले भने निकको कदमको तारिफ गरेका छन् । उनले कुरा लुकाएर राख्नु भन्दा प्रस्ट रुपमा भन्नु एकदमै सहि भएको बताएका छन् ।

निकले खेल्न नसक्ने भएपछि उनको स्थानमा पाकिस्तानबिरुद्ध सोमबार हुने टेस्टका लागि क्यामरन बेनक्राप्टलाई स्थान दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *