करिब ११ खर्ब पुग्यो सार्वजनिक ऋण (पूर्ण विवरणसहित)

डिसी नेपाल
२४ कार्तिक २०७६ २०:४३

काठमाडौं। सरकारले तिनुपर्ने सार्वजनिक ऋणको आकार ह्वात्तै बढेको छ। अर्थमन्त्रायले सार्वजनिक गरेको चालु अर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक बुलेटिनअनुसार असोजसम्म सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड पगुेको छ।

यो मध्ये आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ हो। बाँकी वैदेशिक ऋण हो। नेपाल सरकारले तिन बाँकी खूद वैदेशिक ऋण ६खर्ब ३१ अर्ब ४७ करोड रहेको छ।

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आन्तरिकतर्फ ३ अर्ब ५९ करोड ४७ लाख वरावरको व्याज तथा बाह्य ऋणतर्फ सावाँ रू २ अर्व १८ करोड ३२ लाख र व्याज रू ५४ करोड ३४ लाख भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अनुदान पनि ह्वात्तै बढेको अर्थमन्त्रालयले जनाएको छ। तीन महिनामा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनदुान गत आर्थिक वर्षको सोही अवधिमा रू ३ अर्व ३२ करोड रहेकोमा सो को तलुनामा १२३.४ प्रतिशतले बढेर रू ७
अवथ ४२ करोड पगुेको छ।

त्यसैगरी, यस अवधिमा संघीय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आर्थिक वर्षको सोही अवधिमा रू ११ अर्व ३४ करोड रहेकोमा सो को तलुनामा ५९.७ प्रतिशतले बढेर रू १८ अर्र्व १ करोड पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *