युनाइटेडको शानदार जित

डिसी नेपाल
२४ कार्तिक २०७६ २२:५९

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले सहज जित हात पारेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे ।

ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गरे । यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए ।

ओल्डट्राफोर्डमा खेलको १७ औं मिनेटमा आन्द्रेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १९ औं मिनेटमा डेभीले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि रह्यो ।

६४ औं मिनेटमा ब्राइटनका लेविसले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर, खेलको ६६ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । यूनाइटेडले १२ खेलबाट १६ अंक जोडेको छ । पराजित ब्राइटन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै अर्को खेलमा वुल्भ्सले एस्टन भिल्लालाई २१ ले हराएको छ । जितसँगै आठौं स्थानमा रहेको वुल्भ्सले १६ अंक जोडको छ । एस्टन भिल्ला ११ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *