आज कुन देशको भाउ कति छ ? हेर्नुहोस् विदेशी विनिमयदर

डिसी नेपाल
२५ कार्तिक २०७६ ७:२६

काठमाडौं । आज साताको दोस्रो दिन (सोमबार) यूके पाउण्डसहित केही देशको विनिमयदर ओरालो लागेको छ भने अमेरिकी डलरसहित धेरै देशको भाउ स्थिर रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ २९ पैसा र बिक्रिदर १४६ रुपैयाँ ६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय एक रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३३ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *