भारत यल्लो विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, १२ औं ओभरमा ५० रन पूरा

डिसी नेपाल
२५ कार्तिक २०७६ १०:३०

काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय सिरिजमा भारतको यल्लो टिमविरुद्व नेपालले ब्याटिङ थालेको छ । भारतको दैहरावादस्थित जिमखान मैदानमा नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । नेपालले १२ औं ओभरमा आफ्नो ५० रन पूरा गरेको छ ।

नेपाली युवा टिममा रीतसंगै लोकेश वम, खड्ग बोहरा, हरी चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिश जसी, शेर मल्ल, आकाश चन्द्र, सागर ढकाल र तिलक भण्डारी रहेका छन् । सिरिजमा नेपालसहित भारतको तीन टिमले खेल्ने छन् । जसमा भारतको टिमलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘यल्लो’ नाम दिईएको छ ।

दोस्रो खेलमा नेपालले बुधबार भारत ‘रेड’ र अन्तिम खेलमा शुक्रबार नेपालले भारत ‘ब्लु’ सँग खेल्नेछ । लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *